सत्तापक्षकै असन्तुष्ट सांसद भन्छन् 'चाहिन्न चार करोड
सरकारले संसद्मा प्रस्तुत गरेको बजेटका केही प्रावधानले आफूहरूको अपमान गरेको भन्दै सत्तापक्षकै कतिपय सांसदले आक्रोश व्यक्त गरेका छन्।
संसद्मा बिहीवारबाट आरम्भ भएको बजेटबारेको छलफलमा बोल्दै उनीहरूले विगतको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममा परिवर्तन गरेर ल्याइएको नयाँ व्यवस्थाप्रति असन्तुष्टि जनाएका हुन्।
१३ खर्ब १५ अर्ब रुपैयाँको बजेट प्रस्तुत
तलब बढेन, आयकरमा फेरबदल
प्रदेशहरू बजेटप्रति निकै असन्तुष्ट
सांसदले छनोट गर्ने योजनामा दुइटा शीर्षकमा प्रत्येक निर्वाचन क्षेत्रका निम्ति छुट्ट्याउने गरिएको साढे तीन करोड रुपैयाँलाई बढाएर चार करोड पुर्याइए पनि शीर्षक र मापदण्ड परिवर्तन गरिएको छ।
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट १० करोड पुर्याउन सांसदहरूको दबाब थियो।
तर बजेट विनियोजन गर्दा अर्थमन्त्री युवराज खतिवडाले संघीय सांसद, प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिको समन्वय र सहजिकरमा योजनाको छनोट र अनुगमन हुने गर्ने प्रावधान राखेर प्रत्येक निर्वाचन क्षेत्रमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको निम्ति ४ करोड विनियोजन गरेका छन्।
'हामीलाई चाहिन्न'
नेपाल कम्युनिस्ट पार्टीका सांसद गजेन्द्र महतले भने, "हामी साह्रै अपमानित भएका छौँ। वडा अध्यक्ष, वडा सदस्य राखेर विनियोजित गर्नु रे! हामीलाई बाँधेर राख्न पाइन्छ? हामीलाई अपमानित गर्न पाइन्छ? चाहिएको छैन हामीलाई त्यो चार करोड।"
तस्वीर कपीराइटRSS
नेकपाकै सांसद टेकबहादुर बस्नेतले सरकारले सांसदहरूलाई अविश्वास गरेको धारणा राखे।

काठमाडौं । वन्यजन्तुलाई पानीको तिर्खा मेटाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृत्रिम ताल निर्माण गर्न थालिएको छ ।
वन्यजन्तुको वासस्थान व्यवस्थापनअन्तर्गत यहाँ चालू आर्थिक वर्षमा ६ वटा ताल निर्माण भइरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल घिमिरेले जानकारी दिनुभयो ।
निकुञ्जभित्रको रानी ताल र सालगौडी ताल व्यवस्थापन गरी थप सुविधायुक्त बनाउनसमेत बजेट आएको उहाँले बताउनुभयो । निकुञ्जभित्र यसअघि विभिन्न सयमा गरेर करीब एक दर्जन ताल निर्माण भइसकेका छन् । “चालू आवमा ६ वटा ताल खनिँदैछन् ।” उहाँले भन्नुभयो, “कृत्रिम तालका कारण वन्यजन्तुलाई सहज भएको छ ।” शुक्लाफाँटामा प्राकृतिक र कृत्रिम गरी करिब दुई दर्जन ताल छन् ।
sf7df8f}F . शुक्लाफाँटा भएर चौधर नदी समेत बग्छ । खडेरीका कारण वन्यजन्तुलाई पानी पिउन समस्या नहोस् भनेर ताल थप्ने क्रम जारी छ । आवश्यकताअनुसार निकुञ्जको अण्डैया, लालपानी, बर्कौलालगायत क्षेत्रमा ताल बनाइनुका साथै पानी तान्न ट्युवबेलको प्रबन्ध मिलाइएको छ । ठेक्का प्रक्रियामार्फत हरेक वर्ष यहाँ ताल निर्माण भइरहेका छन् ।
“गर्मी मौसममा पानीका मुहान सुक्नुका साथै डढेलोबाट वन्यजन्तु प्रभावित हुने गर्छन्,” घिमिरेले भन्नुभयो, “अहिले कृत्रिम तालमा पानी भरेर वन्यजन्तुका लागि सहज बनाएका छौँ ।” निकुञ्जभित्रका रानी ताल, बठनिया ताल र बाबा ताल संरक्षणको अभावमा पुरिँदै गएका छन् । बजेट अभावले निकुञ्ज प्रशासनले यहाँका प्राकृतिक तालको संरक्षण एवं संवर्द्धन गर्न सकिरहेको छैन ।
